बैतडीमा एक पुरुष मृत फेला
२०७८ भदौ १०, ०५:४३
धनगढीः बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका-९ सिलंगापानीका ३६ वर्षीय दिपेन्द्र महरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
महरा रुखमा झुन्डिएको अवस्थामा भेटिएको खबरपछि प्रहरी टोली घटनास्थलतर्फ गईरहेको बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले बताए। घटनाको थप अनुसन्धान भइृरहेको उनले बताए।
कमेन्ट लोड गर्नुस