बैतडीमा किशोरीमाथि अभद्र व्यवहारः प्रहरीद्वारा घटनास्थलको निरीक्षण
धनगढी: बैतडीको पाटन नगरपालिका–९ किचारकी किशोरीमाथि अभद्र व्यवहार भएको प्रकरणमा प्रहरीले २ दिनपछि घटनास्थलको अनुगमन गरेको छ। सोमबार सोही ठाउँका हरिश महराले पीडित गोदावरी भट्टलाई मोटरसाइकलमा घर पुर्याइदिन्छु भन्दै अन्तै लग्न खाज्दा उनी हामफालेर घाइते भएकी थिइन्।
आफन्तले मंगलबार घटनाको अनुसन्धानको लागि प्रहरीमा निवेदन दिएका थिए। उनीहरुले अभद्र व्यवहारको मुद्धा दर्ता गरेका छन्। सोही निवेदन आएपछि ईलाका प्रहरी कार्यालय पाटन र खोडपे प्रहरी चौकीको टोलीले स्थलगत मुचुल्का तयार पारेको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ऐनबहादुर पालले जानकारी दिएका छन्।
घाइते भएकी किशोरी धनगढीस्थित माया मेट्रो अस्पतालको आइसियूमा उपचाररत छिन्। घटनापछि गोदावरीलाई घटना स्थलमै छाडेर भाग्ने मोटरसाइलक चालक हरिश महरा र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सम्बन्धित समाचार
बैतडीमा घर पुर्याइदिन्छु भन्दै मोटरसाइकलमा लिफ्ट दिएका युवकले अन्तै लग्न खोजेपछि...