सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेका सीइओ चन्द्रसिंह साउदले दिए राजीनामा

२०७८ भदौ ८, ०५:३४ खबर संवाददाता

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीइओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। मंगलबार उनले अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गरी पदबाट राजिनामा दिएका हुन्। 

पछिल्लो समय आफ्नी श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेपछि उनी विवादमा तानिएका थिए। त्यसपछि उनलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

साउदको कार्यकाल करिब ३ महिना मात्रै बाँकी थियो।
 

कमेन्ट लोड गर्नुस