सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सम्झनाकै गाउँकी अर्की किशोरीमाथि बलात्कार प्रयास

२०७८ भदौ ८, ११:०६ खबर संवाददाता

धनगढी: बझाङमा एक किशोरीमाथि बलात्कार प्रयास गरेको अरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मष्टा गाउँपालिका–२ खिकलाका १९ वर्षीय राजेन्द्र बिक रहेका छन्। 

उनले यहि भदौ ४ गते शुक्रबार बेलुकी सोही ठाउँकी १६ वर्षीया किशोरीमाथि बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। राजेन्द्रले धारामा पानी भर्न गएकी किशोरीलाई बाटोबाटै तानी आफ्नो गोठमाभित्र लगेर जबरजस्ती प्रयास गरेको अनुसन्धानबाट खुलेको बझाङ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए। 

बलात्कार प्रयास भएको सूचना प्राप्त हुनासाथ राजेन्द्रलाई भदौ ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए। 

गत असोज ७ गते घरबाट गोठ हिँडेकी माष्टा गाउँपालिका २ खिकालाकै १२ वर्षीया सम्झना कामीलाई सोही गाउँको सिम मन्दिरमा बलात्कारपछि हत्या गरिएको थियो।

उनको हत्यामा संलग्न रहेको आरोपमा खिकाला कै राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनी हाल बाल सुधार केन्द्र दिपायलमा छन्। 

 

कमेन्ट लोड गर्नुस