सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण

२०७८ भदौ ५, ०७:०५ रासस

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा सात, इलाममा चार, उदयपुरमा दुई र भोजपुरमा एक जनामा सङ्क्रमण देखिएको छ। सोही अवधिमा प्रदेशमा आजै ७३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस