सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह

२०७८ भदौ ५, ०४:१४ खबर संवाददाता

बैतडी: कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका बेला जिल्ला प्रशासन कार्यालय बैतडीले आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ। जिल्लाका विभिन्न स्थानमा विद्यालय सञ्चालन भइरहेको जानकारी पाएपछि सबै स्थानीय तहहरुलाई विद्यालय बन्द गर्न पत्राचार गरिएको सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

विद्यालय सञ्चालनमा ल्याउँदा भीडभाड हुने भएकाले महामारीको समयमा सचेतना अपनाउन आग्रह गरिएको उनले बताए। 

यस्तै चाडपर्वको समय पनि नजिक आइरहेकाले भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस