अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो
बैतडी: लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग सुचारु भएको छ।
वर्षाका कारण जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडकखण्डमा पहिरो खस्दा शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग अवरुद्ध दिउँसो सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेलधुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन ठप्प भएका थिए। राजमार्ग सञ्चालनमा आएसँगै सवारी साधन र यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका छन्।