सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पहिरोले दुई घर बगायो

२०७८ भदौ ४, ०२:२४ खबर संवाददाता

धनगढीः बैतडीमा अविरल वर्षापछि आएको पहिरोले दुई घर बगाएको छ। जिल्लाको पाटन नगरपालिका १० मा पहिराले घर बगाएको प्रहरीले जानकारी दिएको छ।

हिजो रातिको वर्षापछि स्थानीय हर्कबहादुर कुँवर र हिक्मत कुवरको घर बगाएको प्रहरीले जनाएको छ। पहिरोले मानवीय क्षति भने भएको छैन्। तर, पशुचौपायाहरु मरेको बताईएको छ।

घर पुरिएपछि दुई कुवर परिवार विस्थापित भएका छन्।
 

कमेन्ट लोड गर्नुस