सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीरबाट खसेर महिलाको मृत्यु

२०७५ मंसिर ९, ११:२१

बाजुराको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउलीका पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङको शव साँफेमार्तडीको पिच सडकमा आज बिहान ४ः४५ बजेतिर स्थानीयवासीले फेला पारेको बताइएको छ । मृतकको शवपरीक्षणका लागि अहिले जिल्ला अस्पताल  बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले बताए । 

 

कमेन्ट लोड गर्नुस