दार्चुलामा प्रहरीको ‘तपाईंको मास्क खोई ?’ अभियान
२०७८ साउन ३०, ०३:४३
धनगढीः दार्चुलामा कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान थालेको छ। दार्चुला प्रहरीले उक्त कार्यक्रम अन्तर्गत ८६ हजार ३ सय ४५ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको छ।
यस्तै प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २१ जनाबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाले ४२ हजार १ सय रुपैँया राजस्व संकलन गरेको बताईएको छ।
कमेन्ट लोड गर्नुस