बस दुर्घटना अपडेट: मृतकको संख्या १८ पुग्यो
डडेल्धुरामा उपचार सम्भव नभएपछि १७ जना रेफर
हिजो साझ डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। डडेल्धुरा र डोटीको सीमानामा पर्ने रडुवा खोलामा दुर्घटनामा परेको से १ च २९३ नम्बरको बसमा ४५ जना भन्दा बढि सवार रहेकोमा आज बिहान सम्म मृत्यु हुनेको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले १० जनाको घटना स्थलमै र ८ जनाको उपचारका क्रममा उपक्षेत्रिय अस्पताल डडेल्धुरामा मृत्यु भएको जानकारी दिए।
यस्तै डडेल्धुरामा उपचार सम्भव नभएपछि १७ जनालाई रेफर गरिएको उनले बताए। अन्यको उप क्षेत्रिय अस्तालमै उपचार भइरहेको छ। एकदुई जना बाहेक मृतकको पहिचान नभएको प्रहरी नायब उपरिक्षक केसीले बताए। बस दुर्घटनाको कारण नखुलेपनि घुम्तीमा दुर्घटना भएकाले मोडन नसक्दा बस खसेको हुन सक्ने अनुमान गरिएको छ। बस डोटीको शिखर नगरपालिका अन्तर्गत बान्डुरीसैन स्थित पिसजोन एकाडेमीको हो। अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए। मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो।