ट्याङकर व्यवसायीको सिण्डीकेटले पेट्रोलियम पदार्थको अभाव कायमै रहने
अभाव हटाउन ५० थप ट्याङकर आवश्यक रहेकोमा केन्द्रको पनि वेवास्ता
सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको अवस्थामा तत्काल समस्या समाधानका लाथि ढुवानी गर्नका लागि ट्याङकर थपप्न सकिन्छ। तर १३ जना व्यवसायीका ६७ ट्याङक वाहेक अरु थप्न नदिईएकै कारण पेट्रोलियम पदार्थको अभाव झन विकराल रुपमा देखिन थालेको हो। स्थायी समाधान भण्डार क्षमता बढाउनु भएपनि त्यसका बर्षौ समय लाग्ने भएको तत्काल अभाव हटाउनका लागि ट्याङकर थप्न सकिने देखिएकोमा व्यवसायीकै सिण्डीकेटले आम नागरिकहरु दुःख पाउन बाध्य भएका छन्। ना.५ ख ३०८ नम्बर बसका सह–चालक मोहन भट्टले तेल नभएर समस्या भएको बताए। धनगढी बसपार्क अगाढी मल्ल आयल स्टारमा लाईनमा बसेका उनले टिकापुर देखी धनगढी सम्म कुनै पनि पम्पमा तेल नभएको बताए। ना.४ ख ५८८४ नम्बरका चालक खडक बोगटीले धेरै दिन देखी तेल नपाईएको बताए। उनले, थोरै–थोरै ईन्धन आउदा समस्या हुने गरेको सुनाए।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका अनुसार अहिले १३ जना व्यवसायीका ६७ ट्याकर रहेका छन्। त्यसमा पनि धेरै बर्षौ पुराना भएका कारण पेट्रोलियम पदार्थ ढुवानी गर्न नसकिने स्थितिमा ३०÷३५ ट्याङकरले मात्रै भारतको बन्धरा डिपोबाट ढुवानी गर्ने गरेका छन् । ट्याकर थप भउमा अभावको समस्या तुरुनतै समाधान हुने अवस्थामा पनि ट्याकर व्यवसायीले अरुलाई थप्न नदिने र आफु पनि नथप्ने गरेका कारण आम नागरिकहरुले घण्टौसम्म डिजेल पेटोलका लागि लाईन लाग्नुपर्ने अवस्था सिर्जना भएको छ। तत्काल ३० वटा ट्याकर थपका लागि आयल निगमको क्षेत्रीय कार्यालय धनगढीले केन्द्रलाई एक बर्ष अघि देखि पटक पटक पत्राचार गरेपछि केन्द्रले व्यवसायीलाई पक्षपोषण् गर्दै कुनै प्रतिक्रिया जनाएको छैन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्पराम शर्माले सुदूरपश्चिम प्रदेशमा ट्याङकर थपका लागि पहल भैरहेको बताए।सुदूरपश्चिमका ईन्धनको हाहाकार भएपछि नेपालगञ्जबाट ईन्धन मगाएर आपुर्ति गर्ने गरीएको छ। यो दिर्घकालीन समस्याको समाधान हैन । १३ जना मात्र ट्याङकर धनी हुने, उनीहरुको सधै मनोमानी हुने र सिण्डीकेट लगाईएका कारण ट्याकर थप हुन सकेका छैनन्। एक बर्ष अघि ३० वटा ट्याकर आवश्यक रहेकोमा अहिले आग्उ स्थानीय तहहरुलेृ पनि विकास निर्माणलाई तिव्रता दिदा ५० ट्याकर थप्न आवश्यक देखिएको जानकारहरु बताउँछन्। तर व्यवसायीकै चंगुलमा परेर आयल निगमका कर्मचारी र पदाधिकारीहरु उदासिन बन्दै आएका छन्।
सुदूरपश्चिममा १३ जना ट्याङकर व्यवसायीका ६७ ओटा ट्याङकर छन। ६७ ओटा ट्याङकरले भारतको बन्थरा डिपोबाट ईन्धन आयात देखी सुदूरपश्चिमका सबै जिल्लामा ईन्धनको ढुवानी गर्नु परेको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा गएका ट्याङकर त २÷३ दिन सम्म फिर्ता हुदैन। पुराना ६७ ओटा ट्याङकरमा समेत धेरै बिग्रिएका छन र बर्षौ पुराना छन् । तर ट्याकर व्यवसायीले न त आफु नै थपेका छनन त अरुलाई नै थप्न दिएका छन् । उनीहरुकै सिण्डीकेट पेटोलियम पदार्थको अभावले विकास निर्माणका आयोजनाहरु ठप्प भउकाछन भने जनताले सास्ती भोग्दै आएका छन्। तर ट्याकर व्यवसायी संघका अध्यक्ष मणिराज पाण्डेयले क्षेत्रीय कार्यालयको माग केन्द्रले नसुनेको बताए। धेरै पटक ईन्धन ढुवानीका लागि ट्याङकर थपन आग्रह गर्दा पनि केन्द्रले वेवास्ता गरेको उनलको जिकिर छ। १३ जना ट्याङकर व्यवसायीका ६७ ओटा ट्याङरमा समेत सबै प्रयोगमा नहुने उनले बताए।
सुदूरपश्चिम प्रदेशमा दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल आवश्यक पर्ने गरेकोे छ। नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमा भण्डारण क्षमता छैन। पेट्रोलको ७० हजार लिटर मात्र भण्डारण क्षमता रहेको छ भने डिजेलको एक लाख लिटर भण्डार क्षमता छ । तर यस बारेमा प्रतिक्रिया माग्दा प्रदेश सरकार र आयल निगम केन्द्रका कर्मचारी र पदाधिकारी सम्पर्कमा आउन चाहेनन्। सुदूरपश्चिम प्रदेशका उधोग,पर्यटन वन तथा वातावरण मन्त्री मायाँ भट्टलाई पटक पटक फोन गर्दा पनि उहाँले कुनै प्रतिक्रिया दिनुभएन भने आयल निगमका केन्द्का पदाधिकारी र कर्मचारीले पनि यस बिषयमा बोलन मानेनन्। ट्याङकर व्यवसायीको सिण्डीकेटका कारण सुदुरपश्चिममा पेट्रोलियम पदार्थको अभाव कायमै रहने भएको छ। १३ जना व्यवसायीले ६७ वटा ट्याङकर बाहेक अरु थप्न नदिदा समइा समाधान हुने भएको हो । भण्डार क्षमता कम रहेको अवस्थामा त्यो बनाउन धेरै समय लाग्ने अवस्थामा तत्काल ट्याङकर थपेर समस्या समाधान गर्न सकिने अवस्थामा त्यो थप्न नदिईएका कारण अभावको समस्या थप विकराल बन्दै गएको हो। अभाव हटाउन ५० थप ट्याङकर आवश्यक रहेकोमा नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले ३० वटा ट्याङकर थपका लागि पटक पटक लिखित रुपमा माग गरिएको अवस्थामा केन्द्रमा पठाएकोमा ट्याङकर व्यवसायीकै कारण वेवास्ता हुँदै आएको छ।