डोटी प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै भरत कुँवर पक्राउ
धनगढी : डोटी प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा भरत कुँवर पक्राउ परेका छन्। कुँवरलाई जोरायल गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।
‘प्रहरीको काममा मदिरा सेवन गर्दै अवरोध र प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको हो,’ प्रहरी उपरीक्षक मल्लले दिनेशखबरलाई भने, ‘अभद्र व्यवहार शिर्षकमा मुद्धा दर्ता गरेर अुसन्धान जारी छ। अदालतले १२ दिन म्याद थपेको छ।’
प्रहरी उपरीक्षक मल्लका अनुसार बुडर क्षेत्रका स्थानीयले पनि कुँवरको ज्यादती बढ्दै गएको गुनासाे गरेका छन्। एमालेमा आवद्ध कुँवर छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष पनि हुन्। पूर्वमन्त्री प्रेम आलेका भान्जासमेत रहेका कुँवरबाट जोरायल गाउँपालिकामा रहेको छहरा झरनाको ठेली पनि बरामद भएको प्रहरीले जनाएको छ।