सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा देउडा प्रतिष्ठान तदर्थ समिति गठन

२०७८ साउन २४, ०८:४१ खबर संवाददाता

डोटी: डोटीमा देउडा प्रतिष्ठान तदर्थ समिति गठन गरिएको छ। कला संस्कृतिलाई जोगाउन शेरबहादुर साउदको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो।

उपाध्यक्षमा देवि खड्का, सचिवमा दिपक बहादुर खाती, कोषाध्यक्षमा शेरबहादुर बिष्ट र सदस्यहररु मानमती शाही, कृष्ण बहादुर सुनार, केशवराज फुलारा र दल बहादुर भण्डारी चयन भएका छन्। यस्तै सल्लाहकार समितिमा राम बहादुर रावल, गाङ्गि बलायर, लोकेन्द्र बहादुर कठायत, पदम कार्की र तेजबहादुर डुम्रेल रहेका छन्। लोप हुँदै गएको डेउडा तथा आफ्नो संस्कृतिलाई संरक्षण गर्ने जिल्ला संयोजक शेरबहादुर साउदले बताए।

कमेन्ट लोड गर्नुस