डडेल्धुरामा कोरोना संक्रमण नियन्त्रण गर्न मास्क अभियान
डडेल्धुराः डडेल्धुरामा शनिबारदेखि नेपाल मास्क अभियान सुरु गरिएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न अभियान थालिएको बताईएको छ।
जिल्ला सदरमुकाम बागबजारमा अभियानको औपचारिक उद्घाटन गरी सुरुवात गरिएको थियो। अभियानमा दैनिक जनचेतनामूलक कार्यक्रम गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियान २९ गतेसम्म सञ्चालन हुने जनाईएको छ। यस्तै बसपार्क बागबजारदेखि कीर्तिपुरसम्म सबैलाई सचेत गराउँदै मास्कसमेत वितरण गरिएको थियो।