सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानलाई निःशुल्क गहुँ र आलुको बीउ बितरण

२०७५ मंसिर ३, ०९:४०

अछामको चौरपाटी गाँउपालिकाले ५ हजार ६ सय बढी किसानलाई निःशुल्क गहुँको बीउ बितरण गरेको छ। गाँउपालिकाका सबै वडाका कृषकलाई प्रति घर सात किलोग्रामका दरले गहुँ बिरतण गरेको हो। गाँउपालिकाको वडा नम्बर १ र ३ मा ५० क्विन्टल, वडा नम्बर २ र ६ मा २० क्विन्टल, वडा नम्बर ४ मा ७० क्विन्टल, वडा नम्बर ५ मा ६० क्विन्टल, वडा नम्बर ७ मा ४० क्विन्टल र वडा नम्बर ३ मा १० क्विन्टल गहुँको बीउ बितरण गरेको गाँउपालिकाका अध्यक्ष हर्क साउँदले जानकारी दिए। गाँउपालिकाले २० लाख ५० हजारको गहुँ खरिद गरेरको हो। गाँउपालिकाले ८५ क्विन्टल आलुको बीउ समेत बितरण गरेको छ। गाँउपालिकाले ८ लाखको आलुको बीउ खरिद गरेको हो।
गहुँको बीउको समस्या भएको बेला गाउँपालिकाले गहुँको बीउ बितरण गरेपछि राहत भएको स्थानीय किसान कमला कुँवरले बताईन्। किसान झंकर खड्काले गाउँपालिकाले गहुँको बीउ बितरण गरेपछि केही राहत मिलेको सुनाए।

कमेन्ट लोड गर्नुस