सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका एक बालकमा कोरोनाको डेल्टा भेरियन्ट देखियो

२०७८ साउन २१, ११:५२ खबर संवाददाता

धनगढी: बाजुराका एक बालकमा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ। जिल्ला अस्पताल बाजुराबाट धनगढी हुँदै काठमाडौँ रेफर गरिएका १० वर्षीय बालकमा डेल्टा भेरियन्ट प्लस देखिएको हो।

एन्टिजेन जाँच गर्दा नेगेटिभ देखिएका उनको केही दिन निमोनियाको उपचार गरिएको जिल्ला अस्पतालले जनाएको छ। ती बालकको काठमाडौँमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र अहिले सञ्चो भएर डिस्चार्ज भइसकेको बताइएको छ। 

उक्त बच्चाको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पिसीआर गर्ने तयारी रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले बताए।

कमेन्ट लोड गर्नुस