सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई दुई कास्य पदक

२०७८ साउन १९, ०६:४५ खबर संवाददाता

काठमाडाैं: चौथो अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालले दुईवटा कास्य जितेको छ। लाटिभियाको आयोजनामा सम्पन्न उक्त प्रतिष्पर्धामा आर्यन श्रेष्ठ र निराजन रानाले नेपाललाई कास्य पदक दिलाएका हुन्।

जुलाई २६ देखि १ गतेसम्म चलेको सो प्रतियोगितामा ४४ राष्ट्रबाट २१४ प्रतिस्पर्धी सहभागी थिए। 

नेपालका तर्फबाट ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटा र जीवन महर्जनको नेतृत्वमा देशव्यापी प्रतियोगिता आयोजना गरेर उत्कृष्ट दुई प्रतिस्पर्धीहरु छनौट भएका थिए।

कमेन्ट लोड गर्नुस