सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको उपहार : सन्दीपलाई काठमाडौं किंग्सको कप्तानी जिम्मेवारी

२०७८ साउन १८, ०६:५० खबर संवाददाता

काठमाडौं : आगामी असोजमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग इपिएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्स ११ को कप्तानमा नियुक्त भएका छन्।

काठमाडौंले सोमबार सन्दीपलाई कप्तानका रूपमा रहने जानकारी दिएको हो। सन्दीपको कप्तानीमा काठमाडौं किंग्स(११ बाट विदेशी खेलाडीको रूपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीले खेल्ने जनाइएको छ। इपिएल आगमी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुने कार्यतालिका छ।

सन्दीपको जन्मदिनको अवसरमा सोमबारबाट उनलाई काठमाडौंले कप्तानका रूपमा सार्वजानिक गरेको हो। काठमाडौंको कप्तानको दाबेदारमा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि रहेका थिए। यसअघि कप्तान सोमपाल कामी रहेका थिए। सोमपाल अहिले चितवन टाइगर्समा आबद्ध भएका छन्।

घरेलु  प्रतियोगितामा काठमाडौं मेयर कपमा सन्दीपले काठमाडौं मेयर(११ को कप्तानी गरेका थिए। सन्दीपले घरेलु फ्रेन्चाइजमा २०१८ मा ललितपुरबाट सुरुवाती २ खेल खेलेका थिए। त्यसपछि उनी बिग बास लिगका लागि अष्ट्रेलिया लागेका थिए। त्यसयता सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन्।

काठमाडौंले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन पनि माग गरिसकेको छ। यसअघि २०१८ को संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा विनोद दास थिए। दास नेपाल क्रिकेट संघ ९क्यान० को म्यानेजर पदमा नियुक्त भएपछि मुख्य प्रशिक्षकको खोजीमा काठमाडौंमा छन्।

कमेन्ट लोड गर्नुस