सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाली राष्ट्रपतिद्वारा वार्ता आह्वान

। फोटो स्रोत ।
२०७५ मंसिर २, ०४:५७

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका हुन। गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ। राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्त अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिङ्घेले अदालतमा मुद्दा दायर गर्नुभएको थियो। साथै, पुनस्र्थापित संसदले मतदान गरी राजापाक्षलाई पदबाट हटाएको छ। रनिल विक्रमासिङ्घेले आफू अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गरेका छन। “राष्ट्रपति सिरिसेनाले संसदमा रहेका दलका प्रतिनिधिहरुसँग आज बैठक डाक्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जनाएको छ। “राष्ट्रपतिले हालको राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था अन्त्य गर्न बैठक बोलाउनु भएको हो। उहाँले संसदको कार्यवाहीलाई नियमित गर्न चाहनु भएको छ।” 
रासस
 
 

कमेन्ट लोड गर्नुस