महाकालीमा तुइनबाट खसेर युवक बेपत्ता प्रकरणः स्थलगत अनुसन्धानमा के पाइयो ?
दार्चुला: साउन १५ गते दार्चुलाको महाकालीमा तुइन तर्ने क्रममा व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका थिए। उनी तुइन चढेर भारत हुँदै जिल्ला सदरकुकाम आउन हिँडेका थिए।
उक्त घटनापछि शनिबार जिल्ला प्रशासनले राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसहित एक टोलीलाई उक्त स्थानतर्फ पठाएको थियो। अध्ययन सकेर सशस्त्र प्रहरीको टोली आइतबार सदरमुकाम खलङ्गामा फर्कँदै छ।
टोलीमा रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक वीरसिंह धामीका अनुसार घटनास्थल खाङदाङ मालघाटमा तुइनको डोरी काट्ने आरासहित भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीलाई देखेको प्रत्यक्षदर्शीले बताएका छन्। ‘तुइन तर्दा पारी एसएसबी थिए भन्ने कुरा बताएका छन्’ डीएसपी धामीले भने, ‘आरा र ह्याक्सो ब्लेड भएको एसएसबी केही माथि नै थियो रे। खाली हात भएको एसएसबी पारि पट्टी रुख भएको स्थान नजिकै थियो रे।’
डीएसपी धामीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एसएसबीले तुइन काटेको तथा खोलेको भने कसैले नदेखेको बताए। ‘काट्ने सामान बोकेको माथि थियो त्यही भएर काटेको होइन भन्ने कुरा आएको छ। तुइन तर्ने व्यक्तिले एक मिनेट पनि लाग्दैन, म तरिहाल्छु भनेर गइदिएको र दुई तीन मिटर बाँकी हुँदा तार लच्किएर पानीमा खसेको देख्यौँ भनेर प्रत्यक्षदर्शीले भनिरहेका छन्’ उनले भने।
तुइनको तार काटिएको वा तुइनलाई फेरो लगाएको रुखबाट तार एसएसबीले फुकालिदिएको भन्नेबारे यकिन विवरण आफूहरूले प्राप्त गर्न नसकेको डिएसपी धामीले बताए।
उक्त टोलीले घटनाका ३ जना प्रत्यक्षदर्शीलाई सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बोलाएको छ। अब थप कुरा त्यसपछि मात्रै खुल्ने एक प्रहरी अधिकारीले बताए।
यसअघि प्रत्यक्षदर्शी तथा दुई दशकदेखि महाकालीमा तुइन तार्ने काम गर्दै आएका कल्याणसिंह धामीले पनि आफूले तुइन काटेको भने नदेखेको बताएका थिए। ‘जयसिंहले नदी तरिसक्ने बेला २ जना एसएसबी पारी आएका थिए। त्यतिबेलै तुइनको तार तल खस्यो,’ उनले भनेका थिए, ‘तर्न करिब १ मिटर बाँकी रहदा तुइनको तारलाई नदीले भेट्टाएपछि उनी बेपत्ता भएका हुन्।’
सम्बन्धित समाचार:
‘मालघाटमा पुल बनेको भए जयसिंहले ज्यान गुमाउने थिएनन्’
दार्चुलामा युवक बेपत्ता घटनाका दोषीलाई कारबाही गर्न २२ दलको माग
महाकालीमा तुइनबाट खसेर युवक बेपत्ताः भारतको पाँगला थानामा एसएसबीविरुद्ध ‘एफआइआर’
दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छ: गृह मन्त्रालय
दार्चुला घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग
तुईन प्रकरणः एसएसबीले पठाएनन् जवाफ
महाकालीमा अझै छन् ११ तुइन
दार्चुला प्रशासन भन्छ, ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’
दार्चुला प्रशासन भन्छ, ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’
कांग्रेस नेता बडुद्धारा दार्चुला तुइन घटनाको छानबिन गर्न माग
दार्चुलामा तुइनबाट खसेर युवक बेपत्ता प्रकरण छानविन गर्न सरकारी पक्षबाट अहिलेसम्म के–के भयाे ?
सीमामा भारतीय सुरक्षा बलको क्रुरताः दार्चुला प्रशासनले पठायो भारतलाई पत्र
काङ्ग्रेसद्वारा दार्चुला घटनाको वास्तविकता सार्वजनिक गर्न माग
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रीको निर्देशन
दार्चुला घटनाको सत्यतथ्य बाहिर ल्याउन कांग्रेसको माग
तुइन तरिरहेका एक पुरुष महाकाली नदीमा बेपत्ता