सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा युवक बेपत्ता घटनाका दोषीलाई कारबाही गर्न २२ दलको माग

२०७८ साउन १७, ०१:०१ खबर संवाददाता

धनगढी : दार्चुलामा तुइनबाट खसेर युवक बेपत्ता घटनाका दोषीलाई कारवाही गर्न २२ दलले माग गरेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलीय गठबन्धनले जयसिंह धामी बेपत्ता प्रकरणमा दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी समेत दिएका छन्।

गठबन्धनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी यो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ। 

नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल,  वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान , नेकपा (मार्क्सवादी) २१. नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपालले विज्ञप्ति जारी गरेका हुन्। 

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए। 

कमेन्ट लोड गर्नुस