सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग

२०७८ साउन १६, ०८:०१ रासस

दार्चुला: दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरिएको छ।

अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी उक्त घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो।

शुक्रबार महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का धामी नदीमा बगेका थिए। तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भारतीय एसएसबी जवानलाई कारवाहीको दायरामा ल्याउन सरकारले ठोस पहल गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “उखु किसानसँग पटक–पटक सम्झौता गरेर पनि वर्षौँदेखि करोडौँ बक्यौता रकम किसानलाई नदिने, झुलाउने र अलपत्र पार्ने जुन जालझेल राज्यले गर्दै आएको छ त्यसको जोडदार विरोध गर्दै सर्लाही, रौतहट र नवलपरासीका उखु किसानको वर्षौँदेखिको बक्यौता हर्जाना र ब्याजसहित सम्पूर्ण रकम असुलउपर गरियोस्।”
 

कमेन्ट लोड गर्नुस