तुईन प्रकरणः एसएसबीले पठाएनन् जवाफ
धनगढीः दार्चुलामा भारतीय एसएसबीले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई अहिलेसम्म फेला पार्न नसकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुला व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय धामी एसएसबीले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका हुन्।
शुक्रबार बेपत्ता भएका उनको खोजी भइरहेको प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिइन। यस्तै प्रशासन कार्यालयले भारतीय प्रहरी एसएसबीलाई घटनाको वास्तविकता के हो भनेर सोधेको उनले जानकारी बताईन्। तर, जवाफ नदिएको उनले बताईन्।