सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नदिमा नुहाउने क्रममा बेपत्ता भएकी बालिका मृत फेला

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १६, ०२:३८ खबर संवाददाता

धनगढीः कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको भजनी नगरपालिका–९ पचमुडियस्थित कान्द्रा नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिका मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार भजनी नगरपालिका-९ डमपुर बस्ने धनबहादुर सिंहकी ६ वर्षकी छोरी अनुसिंह मृत अवस्थामा भेटिएकी हुन्।

शुक्रबार कान्द्रा नदीमा ३ बालबालिकाहरु नदीमा नुहाउने क्रममा डुबेका थिए। घटनाबारे प्रहरी चौकी गन्जवा कैलालीको टोलीले खोजतलास गर्ने क्रममा आज शनिबार बिहान माटोको ढिस्कोमा बालिका भेटिएको जनाएको छ।

उनीसँगै डुबेका दुई बालबालिकाको यसअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस