विकल्प खोज्ने मात्रै कि वैकल्पिकलाई प्रोत्साहन पनि गर्ने ?
- दलसिंह ठकुरी
दिल निशानी मगरको शब्दमा भन्ने हो भने यो समालोचना सहितको सकारात्मक टिप्पणी हो। यसो भन्दै गर्दा हाम्रोजस्तो वैचारिक भिन्नताबाट कुण्ठित समाजमा मलाई ‘झोले’ वा ‘साझाली’ को संज्ञा दिनेहरुको कमी हुने छैन। म त्यसबारे राम्ररी जानकार छु। यद्यपि रविन्द्र मिश्र ज्यूको ४१ पेजको लामो राजनीतिक प्रस्तावना र त्यसपछी व्यक्त भएका प्रतिक्रिया पढिसकेपछि मैले आफुलाइ रोक्न सकिन।
रवीन्द्र मिश्र अहिले राजनीतिक पात्र भएता पनि नेपाली समाजको एक पुस्तामा उनको राजनीतिमा आउनुपूर्व पनि गतिलो छाप थियो। सायद त्यो पुस्तामा म पनि पढछु होला। रवीन्द्र मिश्र सुखसयलको जिन्दगी त्यागेर देश बनाउने सपना बोकेर स्वदेश फिर्ता भए र बैकल्पिक राजनीति र सु–सुस्कृत राजनीति मुद्दासहित राजनीतिमा होमिए भन्दा कतिपय लाई अचम्म पनि लाग्नसक्छ। तर म त्योभित्र पर्दैन। खैर ! छोडिदिउ रविन्द्र मिश्रको पृष्ठभूमिको कुरा।
मैले सधै पछ्याउने थोरै राजनीतिज्ञको सूचीमा रवीन्द्र मिश्र पर्नुहुन्छ। मलाई आजकालको उदेग लाग्दो राजानीतिक कु–र्मयता कहानी भन्दा ‘मुधु मालती’ को काल्पनिक कथा जस्तै भएपनि अलि बुझ्ने जान्ने भनिएका मान्छेहरुका वैचारिक गन्थन मन्थन खुब मन पर्छन्। सायद पुरानो राजनीतिक शक्तिहरुले ल्याएको राजनीति वितृष्याको कारण पनि रवीन्द्र मिश्र लगायत बौद्धिक भनिने मान्छेहरुमा युवा पुस्ताको ध्यान तानिएको हुनसक्छ।
जब मैले रातोपाटीमा रवीन्द्रको मिश्रको ट्यागसहित ‘बिचारभन्दा माथि देश’ शिर्षकको राजनीतिक प्रस्तावना देखे। मेरो ध्यान पनि ट्क्क गएर रोकियो, सायद बैकल्पिक शक्ति भनिएको पाटीका मुख्य नेताले लेखेकाले पनि मनमा बढी कौतुलता भएको हुनुपर्छ। मैले पढन सुरु गरे। जति पढदै गए त्यति अझ गम्भीर हुँदै गए, जति गम्भीर हुँदै थिए त्यति नै चिन्तन गरिरहेको पनि थिए।
एक चोटी यताउता नहेरेर लगातार पढे। अन्ततः सकियो। सायद मेरो चासोको विषय उत्थान भएकाले पनि ध्यानपूर्वक पढेको हुनुपर्छ। यसो हेर्छु १ घण्टा बितिसकेको रहेछ। मलाई पत्तै भएन। पछि हेर्दा त ४१ पृष्ठको पो राजनीतिक प्रस्तावना रहेछ। मिश्र ज्यूको प्रस्तावना पढीसकेपछि मेरो मनमा निकै ठूलो वैचारिक हलचल मच्चियो।
लगभग रातभर नै सोचिरहेको थिए। हुन त म उहाँका प्रस्तावना आउनु पूर्वदेखि नै हिन्दुराष्ट्रसहित बेलायती मोडेलको प्रजातान्त्रिक राजतन्त्रको पक्षधर तर पनि यो प्रस्तावनाले अझै मलझल गरेको महसुस भयो। लाग्यो बौद्धिक भनिएका, गनिएका मान्छेहरुलाई पनि थाहा रहेछ राष्ट्रिय स्वाधिनता, स्वाभिमान, राष्ट्रिय एकताको रक्षा अहिले अभ्यास भइरहेको प्रणाली र पद्धतिबाट सम्भव छैन भन्ने कुरा त। साथै त्यसमा जोडिएको अति संवेदनसिल विषय हो धर्म निरपेक्षता र संघीयता।
सबै हिसाबले अग्रगमनको एउटा बिन्दुमा देश पुगिरहेको बेला केही कट्टर पंक्तिरुले बहुसंख्यकहरुको भावनासँग खेलेर फेरि पच्चगमनको त्यो बिन्दु पञ्चायतमा देश लग्न लागे भन्ने केही आयातित प्रगतिशील सोच भएका साथीहरुमा चिन्ता हुनु स्वभाविक पनि हो।
यदि साचो रुपमा ‘विचार भन्दा माथी देश हो’ हामी सबैलाई लाग्छ। यसमा हामी सबैको एक मत छ भने आउनुहोस् एक पटक प्रगतिशील मानिने र परम्पराबादी भनिने दुबै बिचार राख्नेहरुले देशको लागि सोचौ र भोलिको पुस्ताले, ‘तिमीले देशको लागि के गर्यो बा..? प्रश्नको विकल्प तयार गरिराखाै।
परिमाण जेजुकै आओस् कि त परम्पराबादीहरुकै जीत होला कि त प्रगतिशील भनिनेको जित होला। आखिर देश बन्छ भने जीत त देशको हुन्छ नि हैन र ? कतिपयलाई लाग्न सक्छ यो वैचारिक बहसबाट यसको निचोड निकाल्न गाह्रो छ नि भन्ने। तर हामीले सोचेजस्तै कुनै बिन्दुमा निष्कर्ष निकाल्न त्यति गाह्रो छैन। अङ्ग्रेजीमा एउटा कथन छ ‘अयmउबचष्कयल धष्तज भबअज यतजभच,ध्जय ष्क दभकत ायच गक’ अर्थात तुलनात्मक फाइदा र बेफाइदाको सिद्धान्त।
मिश्रजीको नाममा...
आदरणीय मिश्रजी ! तपाईको व्यक्तिगत र सार्वजनिक जीवनसँग मेरो कुनै सम्बन्ध छैन। यद्यपि हाम्रो वैचारिक हिसाबले निकै नजिकको सम्बन्ध छ जस्तो लागिरहेको छ। मनदेखि राजनीतिक प्रस्तावना ल्याउनुभयो या बहुसंख्यक जनताको भावनामाथि खेलेर आफ्नो पाटीलाई स्थापित गर्ने उद्देश्यले ल्याउनुभयो। त्यो त तपाईंलाई थाहा होला। यदि भावनामाथिको खेल हो भने तपाईंले यसको ठूलो मूल्य नै चुकाउनु पर्नेछ। हिजो बीबीसीबाट कमाउनु भएका दुईचार जना सुभचिन्तकहरु पनि गुमाउनुपर्ला। यो कुरा ख्याल गरिराख्नुहोला। यदि यसो होइन भने मैले चिनेको रवीन्द्र मिश्रले केही काम गर्नुपर्नेछ। बाँकी तपाइको देश बनाउने सपना र हाम्रो देश बनेको हेर्ने चाहानाको सहकार्यको जिम्मा नेपाली जनता लिनेछ।
१. तपाईको व्यक्तिगत बिचार भनीएको राजनीतिक प्रस्तावनाले तपाईको पाटीभित्र तरङ्ग ल्याएको कुरा सबैमा सर्वबितितै छ। तपाईका सहकर्मीको प्रतिक्रिया र अन्य कतिपय साथीहरुको प्रतिक्रिया हेर्दा साङ्केतिक बिरोध देखिन्छ। तपाई बोल्नु भनेको विवेकशील साँझा पार्टी बोल्नु हो, पछिल्लो समयको आशा गरिएको वैकल्पिक राजनीतिज्ञ बोल्नु हो। अब तपाईको पहिलो चुनौती हो, आफुले प्रस्तावित गरेको बिचार पाटीभित्र स्थापित गर्नु। यदि यो कुरामा तपाईँ असफल हुनुभयो, सोच्नुहोस कि तपाईको राजनीतिक जीवन आधा असफल भयो तर पुरै होइन। अझ तपाईसँग देश बनाउने थुप्रै विकल्पहरु बाँकी हुनेछन। तपाईले आट मात्रै गर्न सक्नुपर्छ ।
२. पार्टीमा तपाइले आफ्नो बिचारलाई स्थापित गर्न नसकेमा के गर्ने त ?
तपाइले प्रस्तावना पत्रको एक ठाउँमा उल्लेख गर्नुभएको छ, ‘बुद्धको समयमा बुद्ध पनि सर्वमान्य हुनुहुन्थ्यो, म त मान्छे न हँु। आलोचनाहरुको आलोचनाले मलाई केही फरक पार्दैनन।’ अर्को महत्वपूर्ण कुरा हो तपाई राखेको शिर्षक ‘बिचार भन्दामाथि देश।’
त्यसपछिको अवस्था भनेको यी दुई कुरामाथि मनन गर्नुपर्ने समय हो। विवकशील साँझा पार्टी बन्दैन तर देश बन्न प्रचुर सम्भावना देख्नुहुन्छ भने यो कदमबाट पनि चुक्नुभएन। बाँकी त जनताले हेर्छन्।
३.तपाई एजेन्डा बोक्नुहोस ! हामी जिताउँछौ।
वैकल्पिक पार्टीको रुपमा नेपालमा उदाउने सम्भावना प्रबल हुँदाहुँदै पनि तपाईको पार्टीलाई बेलाबखत लागि राख्ने आरोप हो, एजेन्डा खै ? आजसम्म पनि तपाईहरुसँग यसको ठोस उत्तर छैन।
मिश्रजी तपाईको राजनीतिक प्रस्तावना सार्वजनिक भएसँगै पार्टी एजेन्डा पनि बन्नसक्ने सम्भावना कतिपयहरुले देखिरहेका छन्। म पनि यसैभित्र पर्छु। तपाई निश्चल मनले उल्लेखित एजेन्डाहरु बोक्नुहोस। जनतामा रहेको समृद्धिको आशाको दियो र तपाईंप्रतिको विश्वास दियो निभ्न नदिनुहोस। जित तपाइको हुनेछ, जित समृद्धि नेपालको सपना देख्नेहरुको हुनेछ। आखिरमा नेपाल र नेपालीको जित हुनेछ। तपाईको साथमा करोडौं नेपाली हेनेछन्। ढुक्क हुनुहोस।
४. विकल्प भन्ने मात्रै कि वैकल्पिकहरुलाई प्रोत्साहन पनि गर्ने ?
नेपाली जनताको नजरमा देश नबन्नुको प्रमुख कारण हो हाम्रो प्रचलित राजनीतिक संरचनात्मक प्रणाली र जनता हिफायती मानीएका पुराना राजनीतिक दलहरुका चरणबद्ध कु–कर्मका प्रकाण्डहरु। सम्भवत यी कुरालाई अस्वीकार गर्ने दलका केही चम्चा बाहेक अरु सायदै भेटिन्छन् होला। आजका दिनसम्म आइपुग्दा नेपाली जनताले परीक्षण नगरेका बैकल्पिक भन्नेहरु बाहेक कुनैपनि राजनीतिक दल नेपाल बाँकी नहोला। यद्यपि जनताको मन जित्ने काम भने कसैले पनि गर्न सकेका छैनन्। यसैको परिमाण स्वरुप भन्नुपर्छ आज देशमा वैकल्पिक शक्ति, वैकल्पिक पार्टी र वैकल्पिक बिचार राष्ट्रिय रुपमा निकै बहसमा आएको विषय हो। आज म यहि विषयमा केही नितान्त आफ्ना व्यक्तिगत बिचारहरु राख्दैछु।
आज यी राजनीतिक दल, नेताहरूको विकल्प खोज्नुपर्छ भन्ने विषयमा खरो रुपमा राजनीतितिर चासो राख्ने युवा पुस्ता उत्रेको देखिन्छ। हुन त हामीले विकल्प, विकल्प र विकल्प भनेर कराइ राखेको दशकौं हुन लाग्यो। तर के हो खास हामीले भन्ने गरेको विकल्प शब्दको साचो अर्थ। कतिन्जेल हामीले वैचारिक हिसाबले विकल्प भनिराख्ने तर वास्तविकतामा पुरानै पार्टीको पुच्छर समाती राख्ने हो त ? यस्तै हो भने त मञ्चमा महिला अधिकारका प्रगतिशील कुरा गर्ने तर छोरीलाई घरको ढोकामा थुनी राख्ने प्रगतिशील बाहुन, क्षेत्री जस्तै भएनौ हामी। यो कुरामा हामीले मनन गर्नुपर्ने बेला अझै भएन ?
हुन त हाम्रो आस्तिक समाजमा एकाएक राजनीतिक चेतनामा परिवर्तन आउन निकै गार्हो पनि छ। तथापि अब विकल्प र वैकल्पिक पार्टीको भजन मात्रै गाइराख्ने होइन। वास्तवमै वैकल्पिक राजनीति गर्छु भनेर राजनीतिक मैदान रहेका पार्टीहरुलाइ प्रोत्साहन गर्न पनि जरुरी छ। देशको भविष्यसँग सम्बन्ध राख्ने सकारात्मक सोच भएका बैकल्पिक राजनीतिक दलहरुलाई पार्टी एजेन्डाहरु बनाउन देशमा वैकल्पिक शक्तिको खाँचो महसुस गर्न युवाहरुले वैचारिक रुपमा सहयोग गर्न जरुरी छ।
यति भन्दै गर्दा अङ्कित विवकशील साँझा पार्टी भयो भन्ने प्रश्न पनि आउन सक्छ। कुरा रविन्द्र मिश्र र उहाँ आबद्ध पार्टीको मात्रै होइन। उहाँ जस्तै नदेखिसकेका वैकल्पिक राजनीतिक नेपालमा खाँचो छ भनेर सोच्ने व्यक्तित्वहरु, दलहरुको लागि पनि म यहाँबाट भन्दैछु। तपाईहरु देश सापेक्ष राजनीतिक एजेन्डा लिएर आउनुहोस। साथमा ३ करोड नेपाली जनता छन्। तपाईंमा सपना बाड्न सक्ने, समृद्धिको आभास दिलाउन सक्ने, हामी गर्छौ भनेर विश्वस्त पार्न सक्ने साहस चाहिँ हुनुपर्यो। देशप्रति गहिरो प्रेम चाहिँ हुनुपर्यो। ताकी प्रभाव वरिपरि बसेका सबैमा परोस।
यदि नियतिमा परिवर्तन र सु–सस्कृत बन्ने हो भने पुरानाको विकल्प नयाँ मात्रै होइन, वैकल्पिकहरुको विकल्प पुराना पनि बन्न सक्ने कुरालाई नकार्न मिल्दैन। विकल्प र वैकल्पिक राजनीति भनेर कराउने मात्रै होइन। आजबाट आस्थामा होइन, निष्ठामा विश्वास गरौ, वैकल्पिकहरुलाई प्रोत्साहन पनि गरौ। यति गरे देश बन्छ हाम्रै पालामा, त्यो सम्भव छ।