धनगढीमा जमराको जुस, नियमित पिए फाईदै फाईदा
प्राणघातक र दीर्घ रोग न्युनिकरण गर्न सकिने
बैतडीका नरेन्द्र जोशीले धनगढीमा जमरा जुस भण्डार सञ्चालनमा ल्याएका छन्। भारतमा रोजगारी गर्दै आएका जोशी स्वदेशमै काम गर्ने उद्देश्यले नेपाल फर्किर्दै धनगढीमा अर्गानीक जमराको जुसको व्यापार थालेका हुन्। समान्यतया हिन्दुहरुको महान चाड बडादशैँ अन्तरगत घटस्थापनाको दिन राखेको जमरा दशैँको दिन टिका सँगै लगाउने गरिन्छ। तर जमराको वैज्ञानिक महत्वबारे धेरै जना अझै पनि अनभिज्ञ छन् भने जानकारहरुले पनि त्यति धेरै चासो दिएको पाईदैन्।
तीन चार वर्ष पहिले मात्र स्वदेशमै रोजगारी गर्ने उद्देश्यले नेपाल फर्किएका जोशी यसअघि विराटनगरको एक प्लाष्टिक उद्योगमा नोकरी गर्थे। तर त्यो जागिरले श्रीमती छोराछोरी र परिवारको दैनिकी धान्न नसकिएपछि वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने योजना बनाए। तर आफ्नै दाई महानन्द जोशीको सल्लाहमा नै उनले जमरा जुस भण्डारको स्थापना गरिएको बताए।
शुद्ध माटो र गोठे मलको प्रयोगले अर्गानिक जमरा उमार्ने र त्यसलाई मेसिनमा दलेर जुस उत्पादन गर्न थालेको दुई सातामात्रै भएको छ। जुसको विक्री वितरण सुरु गरेसँगै जमराको जुस पिउने ग्राहकहरु प्नि दैनिक रुपमा आउन थालेका छन्। मानव शरिरलाई आवश्यक पर्ने रक्त कोषिका उत्पादनमा समेत ठुलो भुमिका खेल्ने जौँ लाई औषधीय गुणले पनि युक्त मानिन्छ।
चिकित्सकहरुका अनुसार सात वा नाँै दिनको जमरा पिँधेर झोल बनाएर नियमित सेवन गर्ने हो भने उच्च रक्तचाप ,क्यान्सर तथा मधुमेह लगायतका रोगीलाई लाभ मिल्छ भने जमराको झोलले पेटको रोग, छालाको रोग, वायुविकार जस्ता समस्या पनि हटाउन मद्दत गर्छ। जौ को यो वैज्ञानिक महत्वलाई पुष्टि गर्दै व्यवसायिक बन्ने लक्ष्य रहेको उनले बताए।
काठमाण्डौँ, बुटवल, दाङ लगायतका क्षेत्रमा जमराको जुसको व्यवसायीक कारोवार सुरु भएपनि वैदेशिक रोजगारीको सपनालाई बिर्सिदै सुदूरपश्चिम प्रदेशमै पहिलो पटक जमराको जुसलाई व्यवसायीकता दिन लागेका जोशीको यो कदम स्वागत योग्य छ।
जोशीले पछिल्लो पटक बढ्दै गएका प्राणघातक र दीर्घ रोगलाई समेत नियन्त्रण गर्ने अपेक्षा जोशीको छ। उनले धनगढीको द रुवस होटल नजिकै रहेको केएल मार्टको सटरमा पसल राखेका छन्।