सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सुदूरपश्चिमका एक जनाको करेन्ट लागेर मृत्यु

२०७८ साउन १३, १०:०६ खबर संवाददाता

धनगढीः भारतमा करेन्ट लागेर सुदूरपश्चिमका एक युवकको मृत्यु भएको छ। 

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का चक्र घटालको करेन्ट लागेर मृत्यु भएको हो। 

भारतको एक होटलमा कार्यरत उनको मंगलबार करेन्ट लागेर मृत्यु भएको परिवार स्रोत जनाएको छ। 

स्रोतका अनुसार फ्रिजबाट सामान निकाल्ने क्रममा करेन्ट लागेको हो। 
 

कमेन्ट लोड गर्नुस