डोटीको छहरा झरनामा सरसफाई
डोटी: पछिल्लो समय चर्चित बन्दै गएको डोटीको छहरा झरनामा सरसफाई गरिएको छ।
जिल्लाको जोरायल गाउँपालिका–२ अवस्थित छहरा झरनामा नेपाल तरुण दलले मंगलबार सरसफाई गरेको हो। दैनिक आउने पर्यटकले केही फोहोर गरेकाले उक्त फोहर व्यवस्थापन गरी डस्टबिन राखिएको जोरायल स्पोर्ट्स क्लबका अध्यक्ष दिपजंग मल्लले बताए।
साथै उक्त स्थानमा महिलालाई कपडा परिवर्तन गर्न अस्थायी प्रतिक्षालय निर्णण गरिएको र वृक्षारोपण समेत गरिएको उनले बताए।
पछिल्लो समय त्यहाँ दैनिक एक हजार पर्यटक भ्रमणका लागि आउने गरेका छन्।