पहिलो टी-ट्वान्टीमा भारत विजयी
२०७८ साउन ११, ०५:५०
घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले जित निकालेको छ ।
कोलम्बोमा आइतवार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो ।
भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।
यस जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
कमेन्ट लोड गर्नुस