सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ च्याम्पियनशिप आयोजना गर्न नेपाललाई प्रस्ताव

२०७८ साउन १०, ०९:२३ रासस

काठमाडौँ: दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ।

नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न एन्फालाई महासङ्घले पत्र पठाएको हो। साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनशिप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ।

यसअघि नेपालले साफ च्याम्पियनशिपका लागि महासङ्घलाई प्रस्ताव पठाएको थियो। बङ्गलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनशिप कोरोना महामारीका कारण हुन सकेको थिएन। बङ्गलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो। नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरिसकेको छ।

कमेन्ट लोड गर्नुस