सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेतन कर्णाली जलविद्युत् आयोजनाको डिपिआर बन्दै

२०७५ कार्तिक २७, ११:१२ सीताराम ओझा

सुदुरपश्चिम र कर्णाली प्रदेशको सीमानामा कर्मचारी सञ्चय कोषले निर्माण गर्ने ६८० मेगावाटको वेतन कर्णाली जलविद्युत् आयोजनाको डिपिआरको काम भईरहेको छ । ‘बेतन कर्णाली सञ्चयकर्ता हाईड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र पाएपछि डिपिआरको कामले तिव्रता पाएको छ ।सुर्खेत जिल्ला र अछाम जिल्लाका आधा आधा भुभागमा रहने गरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना निर्माणका लागि डिपिआरको काम तिव्र गतिमा भईरहेको छ । ८० अर्ब लागतको आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि कर्मचारी सन्चय कोषले रकम व्यवस्थापनको काम पनि तिव्र रुपमा भईरहेको छ । 

नेपाल सरकारको लगानीमा हालसम्म अगाडि बढिरहेका माथिल्लो तामाकोसी जलविद्युत् आयोजनापछि कर्मचारी सञ्चय कोषले दोस्रो ठुलो आयोजना बनाउनका लागि त्यसको डिपिआर वनाउने कामले तिव्रता पाएको हो । सरकारले कर्मचारी सञ्चय कोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको ४० प्रतिशत लगानीमा ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि डिपिआर बनाउन परामर्शदाता कम्पनीलाई जिम्मा दिएपछि त्यसको कामले तिव्रता पाएको संन्चय कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए । आयोजनामा कोषमा सञ्चयकर्तालाई कुल लगानीको ४० प्रतिशत सेयर दिइनेछ भने कोष आफैँले १५ प्रतिशत सेयर राख्नेछ । नेपाल विद्युत् प्राधिकरणलाई १५ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीलाई १० प्रतिशत, स्थानीयवासीलाई १० र आम नागरिकलाई १५ प्रतिशत सेयर दिने गरी कम्पनीको सेयर संरचना तयार गरिएकोमा आयोजना निर्माणका लागि विस्तृत योजना प्रतिवेदन वनाउने काम भईरहेको हो ।

पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने गरीे डिपिआर वनाउने कामले गति लिएको छ  वातावरणीय प्रभाव मुल्याकंनको कामले पनि अहिले गति लिईरहेको वेतन कर्णाली संन्चयकर्ता हाईड्रो पावरका प्रमुख श्रीराम शेखर अधिकारीले बताए । आयोजनाको निर्माणमा ८० अर्ब बढी लगानी लाग्ने अनुमान गरिएको अवस्थामा त्यसको व्यवस्थापनको काम पनि अगाडी वढिरहेको छ । पहिलो चरणमा २० अर्ब अधिकृत पुँजी राखेर कोषले आयोजना अगाडी बढाउने योजना बनाएकोमा आवश्यक बजेट संकलन र व्यवस्थापनको काम पनि भईरहेको कर्मचारी संन्चय कोषले जनाएको छ । आवश्यक लगानीको अभाव नभएकोले डिपिआरको काम सकिएपछि निर्माण थालेको पाँच बर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको संन्चय कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठको भनाई छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस