चौमालामा बस दुर्घटना
कैलालीको जानकी गाँउपालिका वडा नम्बर ९ मृतैयाबाट वनभोजका लागि खानीडाँडा आउने क्रममा गौरीगंगा नगरपालिकाको चौमालामा दुर्घटना भएको छ। सुदूरपश्चिम यातायातको ना.५ ख ५३० नम्बरको बस दुर्घटना हुदा १५ जना घाईते भएका छन। उनीहरु मध्ये ६ जनालाई अत्तरियाको पदमा अस्पतालमा ल्याईएको छ। ४५ बर्षिय अन्तराम चौधरी, २४ बर्षिय लोकेन्द्र भण्डरी, बर्ष २० का मनिसा टमट्टा, १८/१८ बर्षिय तारा साउद र प्रतिभा साउद तथा २० बर्षिय ईसरा धामीलाई अत्तरियामा रहेको पदमा अस्पताल ल्याईएको हो। बाँकीको राजीपुरमा रहेको बडीमालिका पोलिकिल्निकमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय चौमालाले बताएको छ। प्रहरी हवलदार डिल्लीप्रसाद आर्चायका अनुसार बसको अगाडीको टायर पन्चर भएपछि बस अनियन्त्रित भएको हो। ३५ जना सवार बसमा अन्यलाई भने सामान्य चोट लागेको छ। बस सडकबाट तल खसेको थियो।