डडेल्धुरामा गत आवमा दुई सय बढी मुद्दा दर्ता
धनगढी: जिल्ला अदालत डडेल्धुरामा गत आर्थिक वर्ष २०७७/७८ मा दुई सय बढी मुद्दा दर्ता भएका छन्।
अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा दुई सय दुई मुद्दा दर्ता भएका हुन्। ती मध्ये एक सय ३५ वटा मुद्धा फर्छ्यौट भएका र ६७ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका बताइएको छ।
दर्ता भएका मुद्दामा सम्बन्धविच्छेदका सबैभन्दा बढी ५४ वटा मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणीका २५ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै वन सम्बन्धी १२ वटा मुद्दा दर्ता भएको जनाइएको छ।