सुदूर नेपाललाई विश्वसँग जोड्दै

नग्नता सम्बन्धी भिडिओ स्वचालित रुपमा हट्ने प्रविधि प्रयोग गर्दै टिकटक

२०७८ असार २६, ०३:१६ खबर संवाददाता

काठमाडौं: छोटो भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले भिडिओ सामग्रीको रिभ्युमा संलग्न मानव जनशक्ति विस्थापित गर्दै स्वचालित प्रविधि प्रयोग गर्ने भएको छ। कम्पनीले अमेरिका र क्यानडामा अटोमेटेड रिभ्यु सिस्टम सुरु गर्ने भएको हो।

जसबाट नग्नता, अश्लीलता, यौन, अपराध, ग्राफिक कन्टेन्ट, गैरकानूनी तथा हिंसात्मक गतिविधि  सम्बन्धी भिडिओ सामग्रीको रिभ्यु स्वचालित तवरबाट हुनेछ। यदि कुनै भिडिओ सामग्री यी समूह भित्र रहेको कुरा टिकटकको सिस्टमले समात्न सकेको खण्डमा त्यसलाई तुरुन्तै हटाइ दिनेछ।

त्यसपछिको अवस्थामा कृयटरले मसिनको निर्णयलाई पुनर्विचार गराउन मानव मोडेरेटरलाई अपील गर्न सक्नेछन्। हालसम्म टिकटकले अमेरिकामा भिडिओ रिभ्युको काम मानव मोडेरेटरमार्फत गराउँदै आएको छ।

तनाव सिर्जना गर्ने भिडिओलाई सीमित गर्ने उद्देश्यका साथ यस किसिमको परिवर्तन गर्न लागिएको हो। तर स्वचालित प्रणालीले पूर्णताका साथ काम गर्न नसक्ने कुरा टिकटकका लागि समस्याको विषय हुनेछ।

टिकटकले केही देशमा मोडेरेसनका लागि पूर्ण अटोमेसन प्रणाली सुरु गर्ने बताएको छ। जसका लागि ब्राजिल र पाकिस्तान सहितका देशमा यसको परीक्षण भइरहेको छ। 

कमेन्ट लोड गर्नुस