सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजी मेडिकल कलेजसँगको सम्झौता खारेज

२०७८ असार १५, १२:३२ खबर संवाददाता

काठमाडौं: कोरोना संक्रमण बढ्दै जाँदा निजी मेडिकल कलेजहरूसँग सरकारले गरेको सम्झौता खारेज गरेको छ।

स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल मेडिकल कलेजहरू उपचार गराइरहेका संक्रमितको उपचार गरे बापत १० दिन भित्रको मात्रै सोधभर्ना उपलब्ध गराउने जनाएको छ। १० दिन पछि भर्ना भएका बिरामीको रकम निजी मेडिकल कलेजले नपाउने जनाएको छ।  यस अघि निजि अस्पतालको सम्झौता खारेज भएको थियो। 

कोभिड-१९ उपचारका लागि तोकिएका सरकारी तथा सरकारले सेवा सम्झौता गरेका सवै निजि अस्पतालहरू मध्य अब उपरान्त सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरूलाई मात्रै कोभिड-१९ उपचारको अस्पतालका रूपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गर्ने व्यवस्था गरिएको छु, जारी एक विज्ञप्तिमा भनिएको छ।

साथै सम्पूर्ण नीजी अस्पताल तथा मेडिकल कलेजहरूलाई नेपाल सरकारले तोकेको दररेट भन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्नु गराउन आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस