सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको चडेपानीमा खानेपानीको हाहाकार

फाइल फोटो
फाइल फोटो
२०७८ असार १३, १२:१५ खबर संवाददाता

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको समस्या भएको छ। पहिरोले खानेपानीको पाइपमा क्षति पुगेपछि चडेपानीमा खानेपानीको हाहाकार भएको हो।

गत शुक्रबार गएको पहिरोले पहिरोले २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्। पहिरोले बैतडीको सुर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पु¥याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए।

‘पहिरोले खानपानीको पाइप फुटेर मेनलाइनमा क्षति पु¥याएको छ,’ उनले भने, ‘गाउँमा खानेपानीको हाहाकार भएको छ।’ पहिरोले करिब ४०० मिटर पाइममा क्षति पु¥याएको भट्टले बताए।

२० किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मेनलाइनमा क्षति पुगेपछि गाउँमा समस्या भएको स्थानीय केशव भट्टले बताए। खानेपानी सञ्चालनका लागि पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ। 

कमेन्ट लोड गर्नुस