सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नदीमा डुबेर बालिका बेपत्ता

२०७८ असार ८, ०५:०५ खबर संवाददाता

डीआर भट्ट, बैतडी: बैतडीको सुर्नया नदीमा डुबेर एक बालिका बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका–१ बाटीसेराकी १३ वर्षीया नितु विक रहेकी छिन्।

साथीहरुसँग नुहाउन गएकी उनी मंगलबार दिउँसो २ बजेको समयमा नदीमा बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। 

स्थानीय र अस्थायी प्रहरी पोष्ट सलेनाको टोलीले उनको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस