सुदूर नेपाललाई विश्वसँग जोड्दै

अविरल वर्षाका कारण डडेल्धुराका ग्रामीण सडक अवरुद्ध

२०७८ असार ७, ०५:२१ खबर संवाददाता

डडेल्धुरा: लगातारको वर्षाका कारण डडेल्धुराका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। लगातारको वर्षाले सदरमुकामसँग जोडिएका दर्जनौं सडक अवरुद्ध भएका हुन्।

ग्रामीण सडक हिलाम्य हुँदा मानिसहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन्। निषेधाज्ञाका कारण यात्रुवाहक सवारी साधन सञ्चालनमा नआएपनि मालवाहक यातायातका सवारी साधनका साथै स्थानीयलाई आवतजावतका लागि समस्या भएको छ।

स्थानीय तहहरूले मापदण्ड विपरित ग्रामीण सडक निर्माण गर्दा वर्षातमा डडेल्धुराका अधिकांश सडक जोखिमपूर्ण हुने गरेका स्थानीयले बताएका छन् ।

कमेन्ट लोड गर्नुस