सुदूर नेपाललाई विश्वसँग जोड्दै

धार्चुलामा पनि नेपालको जस्तो पक्की तटबन्ध बनाउनुपर्ने माग

फोटो : अमर उजाला
फोटो : अमर उजाला
२०७८ असार ७, ०३:२६ खबर संवाददाता

दार्चुला:  नेपालमा बनेको पक्की तटबन्धका कारण यस वर्ष सदरमुकाम खलङ्गामा बाढीले क्षति गरेको छैन।

यही महाकाली नदीले भारतीय बजार धार्चुलाका विभिन्न ठाउँमा कटान गर्न थालेपछि धार्चुलामा पनि नेपालकै जस्तो पक्की तटबन्ध बनाउनुपर्ने माग उठेको छ। 

नेपालको जस्तो पक्की मजदुत बनाए मात्रै धार्चुला सुरक्षित हुने भन्दै उनीहरुले भारतपट्टी पक्की तटबन्ध बनाउनुपर्ने आवाज उठाएका छन्। अहिले नेपालको पक्की तटबन्धका कारण नदीको बहाव भारततिर पर्न गएको उनीहरुको बुझाइ छ।

भारतले नेपालको भन्दा पहिले नै पार्कको नाममा तटबन्ध बनाउन शुरु गरेको भए पनि उनीहरुले निर्माण गरेको तटबन्ध कम गुणस्तरणको भएको भारतीय व्यापारीको आरोप छ। उनीहरुको तटबन्ध एक वर्षसम्म पनि टिक्न नसकेको व्यापारीको भनाइ छ।

भारतीय व्यापार सङ्घका अध्यक्ष भुपेन्द्रसिह थापा, रङ कलण संस्थाका अध्यक्ष कृष्ण गव्र्याल र पूर्व नगरपालिका अध्यक्ष अशोक नवियाल लगायतले भारतीय बजार धार्चुलामा पनि नेपालकै जस्तै पक्की तटबन्ध बनाउनुपर्ने माग उठाएका थिए। 

उनीहरुले भारतीय एसडिएम अनिलकुमार शुक्लालाई नदी निरीक्षणको क्रममा आगामी दिनमा तटबन्ध निर्माणका क्रममा नेपालको जस्तो पक्की संरचना बनाउन आग्रह गरेको बताइएको छ।

कमेन्ट लोड गर्नुस