बैतडीको पञ्चेश्वरमा पहिरोले सात घर विस्थापित
बैतडी: बैतडीको पञ्चेश्वरमा पहिरोले पहिरो सात घर विस्थापित भएका छन्। बस्तीमाथिबाट पहिरो खसेपछि पञ्चेश्वरका किसनराम औजी, रमेशराम औजी, देवानीराम औजी, गोविन्द राम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका हुन्।
पहिरो प्रभावित उक्त टोलका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरुलाई स्थानीय देवथला माध्यमिक विद्यालयको भवनमा राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का जानकारी दिए। सात घरपरिवारका ५२ जना विस्थापित भएका छन्।
पीडितहरुलाई गाउँपालिकाले खाद्यान्न राहत दिएको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताए। बस्तीमाथिबाट खनिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण शनिबार बिहान पहिरो खसेको हो। निरन्तरको झरीका कारण अझै पनी पहिरो खस्ने क्रम नरोकिएको मंगोलाले बताए।