सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुर नगर प्रमुख हमालको दादागिरी, राति होटल मालिकसँग रक्सी माग्दै दुव्र्यवहार

२०७८ असार ४, ११:०१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले एक होटल सञ्चालकमाथि दुव्र्यवहार गरेका छन्। 

सरकारी नम्बर प्लेटको सुप प्र ००१ झ ३९९ नम्बरको गाडीमा सवार मेयर हमालसहितका ४/५ जनाको समूहले बिहीवार राति होटलका सञ्चालकसँग रक्सी माग्दै दुव्र्यवहार गरेका हुन्। बिहीबार राति १० बजेको समयमा रक्सीले मात्तिएका उनीहरुले कैलालीको गोदावरी बजारमा रहेको गौरव होटलका सञ्चाक विष्णुदेव गिरीसँग रक्सी माग्दै धम्काएका हुन्। 

राति होटेल बन्द गरेर सुतिसकेको अवस्थामा बाहिरबाट ‘रक्सी देउ नभए हाम्रो पावर कहाँसम्म छ, भोलिको दिन तेरो होटलको हालत के हुन्छ’ भन्दै धम्की दिएको सञ्चालक गिरीको पारिवारीक स्रोतले दिनेशखबरलाई बताएको छ। परिवार स्रोतका अनुसार उनीहरु कहीँबाट पार्टी गरेका आएका थिए।

मेयरलगायतका अन्य नगरपालिकाका कर्मचारी परिचयपत्रसहित देखिन्थे। रक्सी दिनु भनेर सताइरहेका थिए। दिदैनौँ ८ बजे नै बन्द गरिसक्यौँ लकडाउनको उलंघन गर्दैनौ भन्दा पनि उनीहरु झन–झन उग्र हुँदै थिए। नदिने भनेपछि उनीहरु हामी सरकारी कर्मचारी हौँ, हामीसँग सरकारी गाडी छ भोलि यो होटल शिल गरिदिन्छौँ भन्दै धम्की दिन थालेको परिवार स्रोतले भन्यो। 

सञ्चालक गिरी सुतिरहेका थिए। उनीहरुले धेरै गर्न थालेपछि बाबालाई बोलाएर ल्याउँछौँ भन्दा मेयरले तिमीलाई जवरजस्ती गर्न आउँदै छौँ र चुकुल लगाएर बसभित्र भन्दै धम्काएको गिरीकी छोरीले बताइन्। यस विषयमा बुझ्न दिनेशखबरले उनको ९८५८७५०६२१ नम्बरमा पटक–पटक फोन सम्पर्क गर्न खोजेको थियो। तर उनको फोन उठिरहेको छैन।

सरकारले कोरोना संक्रमण नियन्त्रण हुन नसकेको भन्दै निशेधाज्ञा जारी गरेको छ। सोही समयमा झन जनप्रतिनिधिहरुबाटै निषेधाज्ञाको उलंघन भइरहेको छ। भने रक्सी खाएर यसरी सर्वसाधारणलाई दुख समेत दिरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस