बाजुरामा एक किशोरी भीरबाट लडेर गम्भीर घाइते
धनगढी: बाजुरामा एक कीशोरी भीरबाट लडेर गम्भीर घाइते भएकी छिन्।
जिल्लाको बुढीनन्दा नगरपालिका–१ की १६ वर्षीया ललिता गिरी बुधबार बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ललीतालाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले नेपालगन्ज रिफर गरेको छ।
तर सवारी साधनको नभएका कारण जिल्ला बाहिर पठाउन समस्या भएको र प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट उद्धार गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।