व्यवसायीलाई कर बुझाउ २५ असारसम्मको म्याद
काठमाडौं : निषेधाज्ञाका कारण घरमै थुनिएका उद्योगी व्यवसायीलाई अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले २५ असारभित्रै कर दाखिला गर्न आग्रह गरेको छ।
सर्वोच्च अदालतले मंगलबार सरकारलाई कर उठाउने बाटो खोलिदिएसँगै विभागले बुधबार सूचना जारी गरेर कर विवरण तथा कर दाखिला गर्ने म्याद तोकेको हो।
गत वर्ष चैत र यो वर्ष वैशाखको मासिक तथा द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरणबमोजिमको कर २५ असारसम्ममा दाखिला गर्न सूचनामा भनिएको छ।