बाजुरामा खोलाले बगाएका बालकको खोजी कार्य जारी
२०७८ असार २, ०२:०९
धनगढी: बाजुरामा खोलाले बगाएका एक बालक अझैँ भेटिएका छैनन्।
गत सोमबार त्रिवेणी नगरपालिकाको किम्नी खोलामा आएको बाढीले बगाएका १३ वर्षीय कमल बुढाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
खोलाले बगाएकै दिनदेखि सुरु गरिएको खोजी कार्य आज पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
कमेन्ट लोड गर्नुस