सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा लगातार वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

कैलाश खोलामा आएको बाढी
कैलाश खोलामा आएको बाढी
२०७८ जेठ ३१, ०४:५० खबर संवाददाता

अछाम: अछाममा २ दिनदेखि लगातार वर्षा भइरहेको छ। मनसुन भित्रिएसँगै अछाममा पनि वर्ष भएको हो।  

अविरल वर्षाका कारण कैलाश खोला, बुढिगंगा, र कर्णाली नदिमा पानीको वहाव उच्च रहेको छ। खोलामा पानीको बहाव बढ्दा जिल्लाका केही गाउँ उच्च जोखिममा परेका छन्। 

रामारोशनको कैलाश खोला आसपास, बुढिगंगाको साँफेबगर आसपास र पूर्वी अछामको ताली, पुल्लेतोलाका केही गाउँ उच्च जोखिममा छन्। मौसम विज्ञान विभागका अनुसार अझै केही दिन नै भिषण वर्षा हुने सम्भावना रहेको छ।

यसैबिच जिल्ला प्रशासन कार्यालय अछामले नदी आसपासका क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

जोखिमका विषयमा जिल्ला प्रशासन कार्यालय विभिन्न सरोकारवाला निकायहरूसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको बताएको छ।

साथै केही समस्या देखिएमा तत्काल प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस