साँफेबगर–बाजुरा सडक खण्डको चक्काजाम खुल्यो
अछामः साँफेबगर बाजुरा सडक खण्डमा चक्काजाम खुलेको छ।
साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा स्थानीयले चक्काजाम गरेका थिए।
देउझाला क्षेत्रमा बुढिगंगा नदि संगै जोडिएको सडकका कारण आफुहरुको बस्ति जोखीमा रहदा समेत व्यवस्थानमा कुनै चासो नदिइएको भन्दै चक्काजाम गरिएको स्थानीयले बताएका छन्।
समस्या समाधनग गर्ने सर्तसहित अहिले भने जाम खुलेको अछाम जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ।