कैलालीमा टिप्पर दुर्घटना हुँदा २ जना घाइते
२०७८ जेठ २९, १२:०९
धनगढी: कैलालीमा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
जिल्लाको गोदावरी नगरपालिका–२ स्थित तेघरीमा टिप्पर दुर्घटना हुँदा चालक सन्तराम चौधरी र सहचालक पुस्कर बोहरा घाइते भएका हुन्।
गोदावरी नदीबाट अत्तरिया आउँदै गरेको से१ख ६०७ नबरको टिप्पर अनियन्त्रित भई दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइतेहरुको उपचार अत्तरियास्थित पद्मा अस्पतालमा भइरहेको छ।
कमेन्ट लोड गर्नुस