कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
२०७८ जेठ २९, ०७:५९
धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका -१० स्थित पक्कि पुलबाट सोही नगरपालिका -११ का २१ वर्षीय रवि विष्ट पक्राउ परेका प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई ०.३४ ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
कमेन्ट लोड गर्नुस