सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा ११ उपलब्धिः अधिकांश अधुरै, ‘हस्तान्तरित’ घर बन्नै बाँकी

२०७८ जेठ २८, ०५:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख ११ वटा उपलब्धिहरुहरु मध्ये अधिकांश अधुरै रहेको खुलेकाे छ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले जेठ २७ गते प्रदेश सभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रम सार्वज्निक गरेका थिए। सो नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७७÷२०७८ को प्रमुख उपलब्धिहरु उल्लेख गरिएको छ। तर उपलब्धि मानिएका ती योजनाहरु हालसम्म अधुरै रहेको पाइएको हो। 

प्रदेश सरकारले दार्चुला जिल्लाको ब्याँस गाउँपालिकामा ‘ब्याँस गाउँपालिका विशेष कार्यक्रम’ सञ्चालन गरेको थियो। कार्यक्रम अन्तरगत टिंकर छाङरुमा खाद्यन्न ढुवानी, टिंकर स्वास्थ्य चौकी, प्राङगरिक आलु उत्पादन, छाङरुमा वडा कार्यालय भवन, छाङरु–सुनसेराm छाङरु कालापानी घोडेटो बाटो निर्माण तथा छाङरु स्वास्थ्य चौकी मर्मतलगायतका कार्यक्रमहरु सञ्चालन गरिएको भनेर नीति तथा कार्यक्रममा समावेश गरेको छ। तर ती सवै कार्यक्रमहरु हालसम्म अधुरै रहेको ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीले बताए।

कार्यक्रम सञ्चालन गरिए पनि हालसम्म कुनै पनि संरचना पूरा नभएको बताउँदै अध्यक्ष बुढाथोकीले प्रदेश सरकारले गाउँपालिकासँग समन्वय समेत नगरेको गुनासो गरे। रणनैतिक क्षेत्र भएकोले सरकारले कार्यक्रम सञ्चालन गर्नु सकारात्मक भएपनि गाउँपालिकाको १ नम्बर वडामा मात्रै कार्यक्रम सञ्चालन गरिएको बताए। ६ वडा रहेको सो गाउँपालिकामा प्रदेश सरकारले ‘ब्याँस गाउँपालिका विशेष कार्यक्रम’ भनेर करिब ५ करोड बजेट विनियोजन गरेको थियो। त्यस्तै, गाउँपालिकाको विकासको लागि मुख्यमन्त्री त्रिलोचन भट्टलाई पहल गर्न माग पेश गरेपनि कुनै सुनुवाइ नभएको अध्यक्ष बुढाथोकीको दुखेसो छ।

राजी वस्तीमा घर नबन्दै हस्तान्तरण
नीति तथा कार्यक्रममा मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम अन्तरगत ६५ घर तथा जनता आवास कार्यक्रम अन्तरगत ५३० घर निर्माण गरी हस्तान्तरण गरिएको दाबी गरिएको छ। हालसम्म ती कार्यक्रम अन्तरगतका काम अधुरै रहेको पाइएको छ।

कैलालीको भजनी नगरपालिका ९ भुरुवास्थित राजी वस्तीमा मुख्यमन्त्री जनता आवास कार्यक्रम सञ्चालन गरिएको छ। तर हस्तान्तरणको त कुरै छोडौं हालसम्म १ घर पनि निर्माण सम्पन्न नभएको बताइएको छ। भजनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष श्रीकृष्ण चौधरीलाई के तपाईको वडामा सञ्चालन भएको कार्यक्रम हस्तान्तरण भएको हो ? भनेर दिनेशखबरले जिज्ञासा राख्दा उनी अक्क न बक्क भए।

हालसम्म १ घर पनि पूर्णरुपमा सम्पन्न नभएको बताउँदै वडा अध्यक्ष चौधरीले हालसम्म आफुहरुले कति बजेटको कार्यक्रम हो ? कसले कसरी बनाउँदै छ ? कुनै जानकारी नभएको बताए। ठेकेदारको मुख समेत नदेखेको बताउँदै उनले आफूहरुसँग कुनै समन्वय नभएको दुखेसो सुनाए।

भुरुवा प्रदेश सरकारले २५ घर बनाउने भएको छ। तर चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनेमा आफूहरु विश्वास्त नभएको स्थानीय साजन राजी बताउँछन्।

दार्चुलाको ब्याँस र कैलालीको भजनीमा सञ्चालित योजना उदाहरण मात्रै हुन्। प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा नाम नै किटान गरि राखिएका योजनाहरु अधुरा रहेका छन्।

प्रदेश सरकारले महामारीबाट प्रभावित तथा विदेशबाट फर्किएका ५ हजार युवाहरुलाई कृषि तथा पशुपालनका लागि प्रतियुवा अधिकतम ६० हजारसम्म स्वरोजगारका लागि अनुदान दिइएको छ भनेर आफ्नो उपलब्धिमा राखेको छ।

र हालसम्म कार्यान्वयनकै चरणमा रहेको छ। कार्यक्रम प्रभावहीन भएपछि कार्यक्रम अन्तरगतको झण्डै आधा रकम फ्रिज जाने सम्भावना देखिएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम हेर्नलाई यहाँ क्लिक गर्नुहोला।
 

कमेन्ट लोड गर्नुस